प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

सार्वजनिक गरिएका गुनासोहरु
मिति २०७६-३-३१
गुनासोको बिषयवस्तु लोक कल्याणका लागि गरिने सूचना/जानकारी/गुनासा विषयक
विवरण वीर अस्पताल भित्र सञ्चालित फार्मेसी विहान ९:०० बजे खुल्ने र बेलुका ५:०० बजे बन्द हुने गर्दछ । कार्यालय समयमा मात्र फार्मेसी खुल्दा रातविहान बस्ने विरामी कुरुवाहरुलाई आवश्यक परेको औषधी लिन हस्पिटल भन्दा बाहिर जानु पर्दा समस्या हुने भएकोले वीर अस्पताल भित्रको फार्मेसी २४ सैं घण्टा खोल्ने सिघ्र व्यवस्था होस ।
मिति २०७६-३-३१
गुनासोको बिषयवस्तु निजी क्षेत्रका अनियमित र गलत क्रियाकलापबारे
विवरण निवेदनको व्यहोरा यसैसाथ संलग्न गरि पठाइएको छ । धन्यबाद ।
मिति २०७६-३-३१
गुनासोको बिषयवस्तु प्रशासनिक समस्या र सेवा प्रवाह विषयक
विवरण सर म्याम नमस्कार तपशिल अनुसारको पत्रको व्यहोरा अनुसार न्याय गरीदिन हुन । श्री भीष्म राज जोशी लेखापाल, जिल्ला निर्वाचन कार्यालय ,सोलुखुम्बु मोबाइल न‌‌‍. : ९८५२८५२०३४ , ९८६०८२९४०२ इमेल : bheeshamarajjoshi@gmail.com bheeshama_joshi18@yahoo.com
मिति २०७६-३-३०
गुनासोको बिषयवस्तु नीतिगत सुधार विषयक सुझाव
विवरण जिल्ला हलिया मुक्ति समाज, बैतडीका अध्यक्ष रमेश कोली र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, बैतडीका अध्यक्ष खेमराज लुहार बाट संयुक्त रुपमा श्री माननिय मन्त्री ज्यू,(भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सिहदरवार, काठमाण्डौं)लाई सम्बोधन गरि मार्फत प्रमुख जिल्ला अधिकारी समक्ष बुझाएको पाना २ को ज्ञापन पत्र यसै पत्र साथ पठाएको व्यहोरा आदेशानुसार सादर अनुरोध छ। -- .................................................From .................................................... जिल्ला प्रशासन कार्यालय District Administration Office Baitadi Contract No: 095520233 Ext. 801
मिति २०७६-३-३०
गुनासोको बिषयवस्तु पूर्वाधार विकास बिषयक
विवरण हाम्रो पुर्वखोला गाउपालिका पाल्पा लगायतका स्थानमा मोबाइल सेवाले राम्रो सँग काम गरेको छेन । यहाँ मोवाइल टावर निर्माण नभएकोले यस्तो समस्या आएको हो । यहाँको लागि रम्भा गाउपालिकामा भएको टावरले आंशिक रूपमा काम गरेपनि स्प्षट आवाज नआउने कुरा नबुझिने समस्या देखिन आएका छन् । यसको लागि यस क्षेत्रमा टेलिकमले टावर निर्माण गरी हाम्रो समस्या सामाधान गरिदिनु हुन अनुरोध गर्दछु ।
मिति २०७६-३-३०
गुनासोको बिषयवस्तु पूर्वाधार विकास बिषयक
विवरण का.म.न.पा.चुच्चेपाटी चोकस्थित सडक खाल्डो परेको हुनाले सो खाल्डोहरूमा पानी जमेर ताल बनेका छन् । जसको कारण सवारी दुर्घटना हुने तथा लामो समय सडक जाम हुने समस्या छ । सडक बिग्रिएको लामो समय भैसक्यो । सडक निर्माण तथा मर्मतको लागि भन्दै सडक विभाग जस्ता कार्यालयहरू छन् । यो ठाउको मर्मत तथा सुधारमा ध्यान किन नगएको होला । स्थानीय सरकारको ध्यान किन जान नसकेको हो । सरकारले तत्काल यो सडक मर्मतको पहलको लागि हामि अनुरोध गर्दछौ ।
मिति २०७६-३-३०
गुनासोको बिषयवस्तु आकस्मिक प्रकृतिका गुनासा
विवरण Respected Sir/Ma'am, I have attached my complaints regarding Nepal Foreign Service Section Officer Exam with this mail. Please find the attachment. Looking forward to hearing from you. Warm Regards, Labh Kumar Yadav Employment Coordinator Bardibas Municipality Mob.-9860834107/9819618132
मिति २०७६-३-२९
गुनासोको बिषयवस्तु पूर्वाधार विकास बिषयक
विवरण का.म.न.पा. ११ थापाथली सुकुम्बासी बस्तिमा अविरल वर्षाको कारण बाग्मती नदी तटबन्ध होचो भएकोले नदीमा ठेलो बाढी आएकोले बस्ति डुबानामा पर्न गएकोले सुकुम्बासी बस्तिमा समस्यामा परेको छ । ढल निकास सम्बन्धि काम गर्ने निकायले पारीपट्टी अग्लो बाध बाधेको र वारी सुकुम्बासी बस्तिपट्टी होचो बाध बाधेकोले बस्ति डुवानमा पर्न गएको हो । तत्कालको लाग उक्त बाधमा आवश्यकताअनुसार वृद्धि गरी सुकुम्वासी बस्तीलाई डुवानबाट बचाउनु हुन अनुरोध गर्दछौ । ढल निकास कार्यालय र वडा कार्यालयमा पुग्दा पनि खासै चासो नदिएकोले तत्कालै रोकथामको आवश्यक पहल गरि आगामी दिनमा हुने बाढिको समस्याबाट छुटकारा दिलाई सहयोग गरिदुनहुन विनम्र अनुरोध छ ।
मिति २०७६-३-२९
गुनासोको बिषयवस्तु प्रशासनिक समस्या र सेवा प्रवाह विषयक
विवरण विद्युतीय गाडीमा कर नलाग्ने भनेपछि भारतमा २५ लाख (नेरु ४० लाख) र अमेरिकामा ३०हजार डलर (३२ लाख नेरु) पर्ने Hyndai को Kona को नेपालमा ५५ लाख कसरी पर्छ? के यो लुट हैन सरकार? लुट्न दिईरहने हो?
मिति २०७६-३-२९
गुनासोको बिषयवस्तु आकस्मिक प्रकृतिका गुनासा
विवरण लोक सेवा आयोगबाट हालै आव्हान गरिएको स्थानीय निकायको तहको विभिन्न पदहरूको परीक्षा आगामि श्रावण ३ गतेदेखि सञ्चालन हुने पुर्व सूचना छ । तर हालै ठुलो जनधनको क्षति हुने गरी आएको बाढीको कारणले जलेश्वर पुरै डुवानमा परेको छ । जलेश्वर परीक्षा केन्द्र भएका परीक्षार्थी लगायत अन्य क्षेत्रमा पनि बाढि पहिरोको कारण बाटोघाटो भत्कने भएकोले परीक्षार्थीहरू प्रभावित हुने देखिन्छ । तराई क्षेत्रमा बाढी आएमा कम्तिमा ७ दिनसम्म प्रभावित हुन्छ। यो समस्यालाई बुझि आवश्यक सहजिकरण गरिदनुहुन अनुरोध गर्दछु । म लगायत सबै परीक्षार्थीको गुनासो हो ।
  • grievance Portal
  • गुनासो पोर्टल

You may lodge grievance from any means as per your suitability

हेलो सरकार मा प्राप्त गुनासोको ताजा अवस्था
९११२३ कुल प्राप्त गुनासो
८६८०६ (९५.२६) % फर्छ्यौट भएका गुनासो
४३१७ (४.७४) % फर्छ्यौट हुन बाँकि

  • कुल प्राप्त गुनासो संख्या: ९११२३
  • कुल फर्छ्यौट भएका गुनासो : ८६८०६ (९५.२६) %
  • फर्छ्यौट हुन बाँकि गुनासा : ४३१७ (४.७४) %

धेरै गुनासो प्राप्त भएका ५ मन्त्रालय

  • :
  • :
  • :
  • :
  • :
धेरै गुनासो प्राप्त भएका ५ मन्त्रालय
मन्त्रालय प्राप्त गुनासो को सख्या
गृह मन्त्रालय ११६७२
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ६३२५
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ३०२१
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ५९४८
सङ्घीय मामिला तथा सामान्य प्रशासन ५४४५